एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का

सारांश

  •  मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।
  • यो सबस्टेशन ३९ महीनाभित्र निर्माण गरिनेछ।
  • निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेशन नेपालकै ठूला सबस्टेशनमध्ये एउटा हुनेछ।

 

१ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।

यो सबस्टेशन ३९ महीनाभित्र निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेशन नेपालकै ठूला सबस्टेशनमध्ये एउटा हुनेछ। पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन्। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सबस्टेशनमध्ये एमसीए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो।

नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्त्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्त्वपूर्ण उपलब्धि हुने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। त्यस्तै, तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिनपर्ने एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले बतार्ए।

“आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं,” उनले भने। एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले अमेरिकी सरकारको एमसीसी र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए नेपालले सबस्टेशन र प्रसारण लाइन निर्माण सम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए। दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेशनको निर्माण सम्झौता पनि चाँडै नै हुने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी
बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि
नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा