एमाले संसदीय दलको बैठक बस्दै
सारांश
- २८ वैशाख, काठमाडौं ।
- नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।
- संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।
२८ वैशाख, काठमाडौं ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।
एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ । कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै ल्होत्से हलमा एमालेको बैठक सुरु हुने छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् । संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया