रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २०, २०८०
|
|
१ पटक हेरिएको
Shares
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप

सारांश

  • २० चैत, काठमाडौँ ।
  • प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ ।
  • नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने प्रस्ट पारे ।

२० चैत, काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने प्रस्ट पारे । मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए । सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए । अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए । ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’  तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन