एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
४ पटक हेरिएको
Shares
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो

सारांश

  • १६ चैत, सिराहा ।
  • एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ ।
  • परीक्षा सुरु भएको १० मिनेट पछि नै गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।

१६ चैत, सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ ।

परीक्षा सुरु भएको १० मिनेट पछि नै गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?