यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २५, २०८०
|
|
३ पटक हेरिएको
Shares
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ

सारांश

  • २५ फागुन, वीरगन्ज।
  • यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
  • भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

२५ फागुन, वीरगन्ज। यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। प्रहरीका अनुसार फागुन २३ गते नारायणगढबाट वीरगन्ज आएको यात्रुवाहक बसमा सवार यात्रु बाराको आदर्श कोतवाल गाउँपालिका–८ का उपेन्द्र मुखियालाई साहले नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएर बेहोस पारेका थिए। मुखिया बेहोस भएपछि उनको साथमा रहेको नगद ४१ हजार ५०० रुपैयाँ र १ थान मोबाइल लुटेर साह वीरगन्जको नयाँ बसपार्कबाट फरार भएका थिए।

साहलाई बेहोस पारेर लुटिएको खबर पाएको प्रहरीले खोजतलास गर्ने क्रममा साहलाई बसपार्कस्थित भानुचोकबाट पक्राउ गरेको पर्साका पक्राउ परेका साहको साथबाट लुटपाट गरिएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र १ थान मोबाइल बरामद पनि गरिएको थापाले बताए।  पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
जुम्लामा भूकम्पको धक्का
जुम्लामा भूकम्पको धक्का
नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
रवि लामिछाने आज पार्टी कार्यालय जाँदै
रवि लामिछाने आज पार्टी कार्यालय जाँदै
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक