राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ९, २०८०
|
|
३ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।
  • प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् । राष्ट्रियसभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ