जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ४, २०८०
|
|
४० पटक हेरिएको
Shares
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह

सारांश

  • जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ ।
  • व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ ।
  • त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए ।

जनकपुधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए ।

अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा निर्वाचित भए पश्चात सामाजिक विकासका कामहरू पनि गर्ने गर्छौं । साथै, हामीले जेसिजका सदस्यहरूलाई विभिन्न किसिमका तालिमहरू ल्याउँछौं । जेसिजको उद्देश्य भनेकै युवाहरूलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रूपमा अगाडि बढाएका छौं । जेसिजबाट व्यक्तित्व र नेतृत्व विकास गरेका धेरै व्यक्तिहरू अहिले राज्यका विभिन्न निकायहरू र कयौँ संसंस्थाहरूको नेतृत्वमा समेत हुनुहुन्छ । उहाँहरू त्यहाँसम्म पुग्नुमा जेसिजको योगदान महत्वपूर्ण छ भन्ने मेरो धारणा छ । सोही कारण जेसिजप्रति युवाहरूको आकर्षण राम्रो छ ।

जेसिजमा लाग्नेहरू पुँजिपतिवर्गका मात्र हुन्छन् भन्ने सोचाई परिवर्तन गर्नका लागि पनि मेरो उम्मेदबारी रहेको आशुतोष सुनाउंछन् । बरु मेरो विचारमा त जेसिज धनी बनाउने सँस्था हो भन्छु । यहाँ संसारभरिका उद्यमी र व्यावसायी व्यक्तित्वहरूबीच सम्बन्ध, सहकार्य तथा अन्तरक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरूलाई उपयोग गर्न सकिन्छ । तर जेसिजपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरूमा त्यस्तो भ्रम उत्पन्न भएको हुन सक्दछ ।

जनकपुर जेसीजको चुनाव भोली शुक्रवार हुंदैछ । वर्ष २०२४ को अध्यक्ष बन्न तीन उम्मेदवार मैदानमा छन् । जसमध्ये आशुतोष साह बलिया उम्मेदवार हुन् । गत वर्ष उनी अध्यक्षमा मात्र ४ मतले पछी परे । तर उनले गरेको कामले यो वर्ष धेरैको मन जित्न सफल बनेको जनकपुर जेसीजका सदस्यहरु बताउँछन् । आशुतोष विगत, वर्तमान र भविष्यको वस्तुनिष्ठ अध्ययन गरेर जनकपुर जेसीजको नेतृत्व गर्न खोजेका छन् । त्यसैले उनलाई विश्वास गरेर नेतृत्वमा पुर्याउन आवश्यक रहेको जेसीज सदस्यहरुको धारणछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु