स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १५, २०८०
|
|
७७ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

सारांश

  • स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ ।
  • आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ ।
  • त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् ।

१५ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ ।

आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ । त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् । स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजानिक धारणा राख्नु भन्दा पहिला यो विषय सँग सम्बन्धित पदाधिरीलाई जानकारी गराउनुपर्ने आचार संहितामा उल्लेख छ । यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरीतका काम गर्न नहुने बोर्डले जनाएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्न र राष्ट्रहित विपरीतको कुनै टिप्पणी वा लाइक गर्न नपाइने छैन । औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसीमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइलको पनि तीन दिनमा निर्णय दिने, निर्णय दिन नसक्ने भए कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना दिने, आचारसंहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
सशस्त्रका ५ एसपीको सरुवा
सशस्त्रका ५ एसपीको सरुवा
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
सुदूरपश्चिममा कोरोना संक्रमित संख्या आठ पुग्यो
सुदूरपश्चिममा कोरोना संक्रमित संख्या आठ पुग्यो