२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
३० असार, काठमाडौं । २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक भाथुमलाइ भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको उक्त कोकिनको मूल्य अन्तराष्ट्रिय बजार दर अनुसार २० करोड ३७ लाख नेपाली रुपैयाँ हुन आउने परिसरले जनाएको छ । काठमाडौं महानगरपालिका- २९ ठमेलस्थित १ होटलबाट उक्त लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment