२६ जेष्ठ २०८२, आईतवार

२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

 

३० असार, काठमाडौं । २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाइ भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको उक्त कोकिनको मूल्य ​अन्तराष्ट्रिय बजार दर अनुसार २० करोड ३७ लाख नेपाली रुपैयाँ हुन आउने परिसरले जनाएको छ । काठमाडौं महानगरपालिका- २९ ठमेलस्थित १ होटलबाट उक्त लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?