गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
२९ असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ ।
नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका-७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराएका छन् । ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार एक जना १८/२० बर्षको र अर्को २५/३० बर्षको पुरुषको शव भेटिएको छ । ती शवहरुको बेपत्ताको खोजीका लागि भरतपुरमा आएका आफन्तहरुलाई देखाएर पहिचान गराइने प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
Post Comment