गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो

सारांश

  • पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ ।
  • नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
  • चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका-७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराएका छन् ।

 

२९ असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ ।

नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका-७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराएका छन् । ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार एक जना १८/२० बर्षको र अर्को २५/३० बर्षको पुरुषको शव भेटिएको छ । ती शवहरुको बेपत्ताको खोजीका लागि भरतपुरमा आएका आफन्तहरुलाई देखाएर पहिचान गराइने प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?