रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।

सारांश

  • रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ ।
  • बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो ।
  • लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् ।

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ । बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् ।

https://press4k.com/

https://press4k.com/

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइनेमध्येकै सबैभन्दा लामो जात्रा हो ।

https://press4k.com/

रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थी ( दुई महिना ) सम्म चल्छ । मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको रथयात्रा गाः बाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुऱ्याएर भोटो देखाइन्छ । त्योसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

https://press4k.com/

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको किंवदन्ती छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
आज कुन तरकारी र फलफूलको भाउ कति ?
आज कुन तरकारी र फलफूलको भाउ कति ?
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख