Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ९, २०८१
|
|
७२ पटक हेरिएको
Shares
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री

सारांश

  • रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् ।
  • आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।
  • सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए ।

 

९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन आग्रह गरे । सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । आत्म निभएर हुनका लागि यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना बनेको उनले बताए ।

जुन देशबाट कपडा आइरहेको त त्यो देशबाट र कपडा ल्याइरहेका ब्यापारीले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको बताए । ‘जुन देशबाट कपडा भित्र्याउँछौं, त्यो देशबाट विरोध गर्दैमा त्यो (सेनाले हेटौंडा उद्योग चलाउने योजना) रोक्न जरुरी थिएन,’ मन्त्री उप्रेतीले भने । हेटौंडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिभएर हुनका लागि भएको उनको दाबी छ । ‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किनु पर्दैन । आत्मनिर्भर नहुँदा विदेशीको सामान किन्नुपर्छ । त्यही सामान हाम्रो विकिराखोस्, हाम्रो ब्यापारीले काम पाइराखुन भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर।’ रक्षामन्त्रीले भने ।

हेटौंडा उद्योग चलाउने योजना रोकिएको भन्दै उनले प्रश्न गर्नेहरुलाई नै प्रतिप्रश्न गरे, ‘के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगहरुलाई सञ्चालन गर्नु पाकिस्तानी मोडल हो ? त्यो भनेको भरमा हेटौंडा कपडा उद्योग चलाउने कुरा रोकिएको जस्तो मलाइ लागेको छ । त्यो विदेशीहरुले उनीहरुको सामान बेच्नको निम्ति उनीहरुको ब्यापारीहरुले …’

रक्षामन्त्री उप्रेती बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर विरोध गरे । सांसद खतिवडाले मन्त्री उप्रेतीलाई विषय केन्द्रित भएर बोल्न आग्रह गरे । त्यसपछि रक्षमन्त्री उप्रेती लिखित जवाफ पढ्न थाले । नेपाली सेनाले आफ्नै कोषको उपयोग गरेको कामलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन पुनः आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु