सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २९, २०८१
|
|
६० पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन ।
  • मानसिक असन्तुष्टिको अनुभव हुनेछ ।
  • अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बृष राशिबाट आज चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिबाट चन्द्रमाको गोचर प्रथममा रहने भएकाले पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाले समय सामान्य रहन सक्छ। आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा तुला राशि व्यक्तिहरुको लागि समय राम्रो छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमा ग्रहको गोचर वृश्चिक राशिबाट नवम स्थानमा रहने भएकाले समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले सिंह राशिका व्यक्तिहरुलाई आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । पढाईमा राम्रो प्रगति हुन सक्छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चन्द्रमाको गोचर आज तपाईंको राशिबाट षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ। आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चन्द्रमाको पञ्चम गोचरले आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।

 

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
सिन्धुपाल्चोकमा बस दुर्घटना
सिन्धुपाल्चोकमा बस दुर्घटना