१० श्रावण २०८२, शुक्रबार

पत्रकार महासंघको निर्वाचन स्थगित

 

२६ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।

जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएपनि मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले उक्त मितिमा मतदान नहुने भएको हो । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?