२६ जेष्ठ २०८२, आईतवार

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने

 

३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए । उनका अनुसार कांग्रेसले संसदीय छानबिन समितिलाई नै बटमलाइन बनाउने भएको छ । ‘सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको मागमा हामी अडिग छौं । हाम्रो बटमलाइन नै यही हो,’ महतले भने, ‘छानबिन समिति नबने भोलि (मंगलबार) बस्ने बैठक पनि अवरुद्ध गर्छौ ।’  समिति गठन नभए राष्ट्रपतिलाई नीति कार्यक्रम प्रस्तुत गर्न नदिने महतले बताए । ‘हाम्रो मुख्य माग नै छानबिन समिति गठनको हो,’ महतले भने, ‘समिति गठन नहुँदासम्म नीति कार्यक्रम पनि प्रस्तुत गर्न दिँदैनौं ।’ मंगलबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सोमवारका लागि बोलाइएको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेर कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरूले छलफल गरेका थिए । मंगलबार प्रतिनिधिसभा बैठक बस्नुअगाडि नै कांग्रेसले कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले निरन्तर अवरोध गरेपछि प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले समेत आइतबार कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति गठन गर्न सकारात्मक बनेको दाबी कांग्रेसले गरेको थियो ।  प्रधानमन्त्रीले पनि सोमबार साँझसम्म केही न केही सहमति जुट्ने १ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने माहोल बन्ने दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?