देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २९, २०८१
|
|
७२ पटक हेरिएको
Shares
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

सारांश

  • नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ।
  • संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो ।

 

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ।

संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् । पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । शुक्रबारको बैठकमा सम्बोधनका लागि वेलमा पुगेका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदले रोकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?