सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

सारांश

  • सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।
  • प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो।

काठमाडौं ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।

प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो। राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।

यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ। लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए। खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ।

विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताए। सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो।

उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक
ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली