निर्वाण चौधरी र टाटा पावर सीईओले गरे मन्त्री श्रेष्ठसँग भेट
सारांश
- चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हालाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन्।
- चौधरीले फेसबुकमार्फत भेटबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठको ज्ञान र सहकार्यप्रति देखाएको खुलापनको प्रशंसा गरेका छन्।
- उनले नेपालमा ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
चौधरी ग्रुप (सीजी) र भारतको टाटा पावरले नेपालको ऊर्जा क्षेत्रको विकास तथा आगामी आर्थिक वृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हालाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन्।
चौधरीले फेसबुकमार्फत भेटबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठको ज्ञान र सहकार्यप्रति देखाएको खुलापनको प्रशंसा गरेका छन्।
उनले नेपालमा ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

‘नेपालको आगामी विकास र वृद्धिलाई ऊर्जा दिन टाटा पावर र सीजी इनर्जी प्रतिबद्ध छन्,’ चौधरीले फेसबुकमा लेखेका छन्।
सीजी र टाटा पावरबीचको सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा लगानी, विकास तथा दीर्घकालीन साझेदारीका सम्भावनालाई थप बल दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया