चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
७९ पटक हेरिएको
Shares
चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

सारांश

  • चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ।
  • सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो।
  • परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो।

 

एजेन्सी । चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ।

सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो।

परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो।

सामान खसाल्ने परीक्षणमा लक्ष्य बिन्दुबाट अधिकतम १०० मिटरभित्र सामान झार्ने लक्ष्य राखिएको थियो। तर, वास्तविक परीक्षणमा ५० मिटरमा सामान खसाल्न सफल भएको कम्पनीले जनाएको छ।

उक्त ड्रोनको कार्गो राख्ने कक्षको क्षमता १८ घनमिटर रहेको छ। यसको अधिकतम उडान भार ७ टन र अधिकतम सामान बोक्ने क्षमता ३.५ टन रहेको छ।

यो ड्रोनले तीन हजार किलोमिटरभन्दा बढी दूरीसम्म उडान भर्न सक्छ। साथै, उच्च हिमाली तथा पठारी क्षेत्रमा पनि उडान भर्न र अवतरण गर्न सक्ने यसको क्षमता रहेको छ। यसका लागि २०० मिटर दूरीको धावनमार्ग पर्याप्त हुने बताइएको छ।(सीसीटीभीप्लस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते
ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य