धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
३७ पटक हेरिएको
Shares
धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

सारांश

  • सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ ।
  • अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.
  • २६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ ।

 

७ मंसिर, काठमाडौं ।

सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ ।

कारोबार भएका कम्पनीमध्ये अधिकांश अर्थात् १६५ को मूल्य घटेको छ भने १०५ को बढेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

समग्रमा मूल्य बढेका कम्पनीको बजार पूँजीकरण घटेका कम्पनीहरूको भन्दा उच्च रहेकाले नेप्से परिसूचक बढेको हो । यसअघि शुक्रबार नेप्से ७.३८ अंक घटेको थियो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो ।

बैंकिङ समूहले नै आज बजार वृद्धिमा टेवा पुर्‍याएको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह ०.६५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.५७, लगानी ०.२३ र अन्य ०.८१ प्रतिशत बढे ।

फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२२, जलविद्युत् ०.२८, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.९६ तथा व्यापार समूह ०.६३ प्रतिशत घटे ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशत बढ्यो ।  त्यस्तै माउन्टेन हाइड्रो नेपालको ५.६२, बुंगल हाइड्रोको ५.४९, रावा इनर्जीको ३.८३, सिनर्जी पावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै भिजन लुम्बिनी ऊर्जाको ८.३३, स्वस्तिक लघुवित्तको ५.७१, नेपाल वेयरहाउजिङको ५.०३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६, सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, भिजन लुम्बिनी ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?