गाँजा बोकेको मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर, दुई जना फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
४५ पटक हेरिएको
Shares
गाँजा बोकेको मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर, दुई जना फरार

सारांश

  • सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा गाँजा बोकेको मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।
  • घटनापछि मोटरसाइकल र गाँजा छाडेर दुई जना फरार भएका छन्।
  • शनिबार बिहान करिब ४:३० बजे गाँजा बोकेर जाँदै गरेको मोटरसाइकलले स्थानीय बिल्टु राय यादवलाई ठक्कर दिएको थियो।

 

५ मंसिर सर्लाही, ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा गाँजा बोकेको मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्। घटनापछि मोटरसाइकल र गाँजा छाडेर दुई जना फरार भएका छन्।
शनिबार बिहान करिब ४:३० बजे गाँजा बोकेर जाँदै गरेको मोटरसाइकलले स्थानीय बिल्टु राय यादवलाई ठक्कर दिएको थियो। बागमती प्रदेश–०२–०१५ प ८६६८ नम्बरको पल्सर १५० मोटरसाइकलमा दुई जना सवार रहेको बताइएको छ।

मोटरसाइकलको ठक्करबाट यादव गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि महोत्तरीको पर्सास्थित जानकी हेल्थ केयरमा लगिएको छ। घटनापछि स्थानीयले मोटरसाइकलमा सवार व्यक्तिहरूसँग सोधपुछ गर्न खोज्दा उनीहरू मोटरसाइकल र गाँजा छाडेर फरार भएका थिए। घटनाको जानकारी पाएलगत्तै गौरीशंकर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का गर्ने क्रममा मोटरसाइकलमा रहेको २० किलो ९८० ग्राम गाँजा बरामद गरेको जनाएको छ। फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस
आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड