आजदेखि नागढुंगा-मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
४० पटक हेरिएको
Shares
आजदेखि नागढुंगा-मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

सारांश

  •   घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गरी शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाएका छन्।
  • घोप्टेभीरमा लगातार पहिरो खसिरहेकाले आवागमन बन्द गरेर पहिरो पन्छाइने सूचनामा उल्लेख छ।

 

नागढुंगा-मुग्लिन सडक खण्ड आज (शनिबार)देखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ।  घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गरी शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाएका छन्।

घोप्टेभीरमा लगातार पहिरो खसिरहेकाले आवागमन बन्द गरेर पहिरो पन्छाइने सूचनामा उल्लेख छ। दिउँसो सडक बन्द गरेर जोखिमयुक्त ढुंगा, माटो हटाउने कार्य सुरु गर्ने निर्णय भएको स्थानीय प्रशासनले जनाएको छ।

यो अवधिमा नागढुंगा–मुग्निल सडकखण्डमा सबै प्रकारका सवारी साधन आवागमन बन्द गरिने छ। पहिरो पन्छाएपछि मात्रै सडक आवागमन नियमित गरिने शर्माले बताए।

घोप्टेभीरमा बिहीबार पहिरो खसेको थियो। पहिरो खस्ने क्रम रोकिएको छैन। जसले गर्दा पहिरो पन्छाउन पनि कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै