सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनुषामा श्रीमान्–श्रीमती मृ*त फेला, चार वर्षीय छोराको तिघ्रामा पनि चोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८३
|
|
५६ पटक हेरिएको
Shares
धनुषामा श्रीमान्–श्रीमती मृ*त फेला, चार वर्षीय छोराको तिघ्रामा पनि चोट

सारांश

  • धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।
  • धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।
  • रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

८ कात्तिक, जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उमेशको घर मिथिला बिहारी नगरपालिका वडा नं ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए ।मृतक दम्पतीका एक चार वर्षीय छोरासमेत छन् । छोराको एउटा तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । ‘घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ