आज महानवमीः शक्तिपीठहरुमा बली दिइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
आज महानवमीः शक्तिपीठहरुमा बली दिइँदै

सारांश

  • नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दसैँको नवौँ दिन आश्विनशुक्ल नवमी तिथिमा देवी सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
  • माता महागौरीलाई सत्य र सांस्कृतिक शुद्धिको प्रतीक मानिन्छ ।
  • उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् ।

काठमाडौँ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दसैँको नवौँ दिन आश्विनशुक्ल नवमी तिथिमा देवी सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

माता महागौरीलाई सत्य र सांस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशीर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारीका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

महानवमीका दिन घरघर स्थापना गरिएका दसैँंघर, देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक बलीपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा, बोका, भेडा, कुखुरा, हाँसका भालेको पञ्चबली पनि दिइन्छ भने सात्विक पूजा गर्नेले कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूलको भोग लगाउने चलन छ ।

शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ । राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ । काठमाडौँको हनुमानढोका उत्तरमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक पटक नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

काठमाडौँ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बंगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसैगरी, पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडा भगवती, कालिञ्चोक भगवती,पाल्चोक पलाञ्चोक, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङकालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी, गह्रौँकालिका, दुर्लुङकोट, बाग्लुङ कालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी, बागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजा आराधना गरिँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
बाँकेको नेपालगञ्जमा कर्फ्यु
बाँकेको नेपालगञ्जमा कर्फ्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...