आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
१७० पटक हेरिएको
Shares
आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

सारांश

  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेको जनाएको छ ।
  • त्यसैले आज पनि हिजो जस्तै महाअष्टमीको कर्म दोहोर्‍याउन समितिले सुझाव दिएको छ ।
  • समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ ।

२ कात्तिक, काठमाडौं ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेको जनाएको छ । त्यसैले आज पनि हिजो जस्तै महाअष्टमीको कर्म दोहोर्‍याउन समितिले सुझाव दिएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैं घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले बताए ।

‘कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ,’ प्रा.डा. भट्टराईले भने, ‘दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ ।’ अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोेर्‍याउनुपर्ने उनले बताए ।

समितिले स्वीकृति दिएका पात्रोमा आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख गरिएको छ ।

विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उनले बताइन् ।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ ।

मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
कुरा नमिल्दा आफ्नै नेताको हत्या
कुरा नमिल्दा आफ्नै नेताको हत्या
दुई संसदीय समितिको बैठक बस्दै,
दुई संसदीय समितिको बैठक बस्दै,
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल
अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...