यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, गार्डसहित ५ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३०, २०८३
|
|
२२८ पटक हेरिएको
Shares
यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, गार्डसहित ५ जनाको मृ*त्यु

सारांश

  • यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
  • आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् ।
  • यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ ।

३० असोज, काठमाडौं । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । यद्यपि, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।

हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट देखिएका स्थानलाई निशाना बनाइनेछ ।

साउदी अरबका विमानस्थल र तेल केन्द्रमा पनि आक्रमणको प्रयास

हुथी विद्रोहीले साउदी अरबका विभिन्न विमानस्थल, बन्दरगाह र तेल केन्द्रलाई समेत लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ  ।  यमनका सरकारी सुरक्षा बललाई साउदी अरबले समर्थन गरेको विरोधमा हुथीहरूले ती आक्रमण गरेको बताइएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यसै महिना हुथीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा २० पटक आक्रमण गरेको दाबी गरिएको छ । ती आक्रमणमा १७ जनाको मृत्यु र ३३३ जना घाइते भएको गठबन्धनको भनाइ छ ।

त्यस्तै, दक्षिणपश्चिमी साउदी अरबमा यमनको सीमावर्ती क्षेत्रमा रहेको आभा विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु र २८ जना घाइते भएको पनि गठबन्धनले जनाएको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न उब्जिएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता अल–मलिकीले हुथी विद्रोहीले क्षेत्रका केही पक्षको सहयोगमा आधुनिक सैन्य प्रविधि प्राप्त गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार विद्रोही समूहसँग ब्यालिस्टिक मिसाइल, ड्रोन तथा विस्फोटक पदार्थ जडित तीव्र गतिका डुंगाहरुसमेत छन् ।

उनले यमनका पहाडी क्षेत्रमा रहेका हतियार भण्डारणस्थल र मिसाइल प्रक्षेपण केन्द्र गरी १२७ वटा स्थान गठबन्धनले नष्ट गरेको दाबी पनि गरेका छन् । नागरिक तथा नागरिक संरचनालाई लक्षित गर्ने आक्रमण तत्काल रोक्न उनले हुथी विद्रोहीसँग आग्रह गरेका छन् ।

साउदी हवाई क्षेत्र असुरक्षित रहेको हुथीहरूको चेतावनी

अल–मलिकीको पत्रकार सम्मेलनलगत्तै हुथी सैन्य प्रवक्ताले विमान सेवा प्रदायकहरूलाई पुन: चेतावनी दिएका छन् । उनले साउदी अरबका विमानस्थल र हवाई क्षेत्र असुरक्षित रहेको बताएका छन् ।

तर उक्त चेतावनीमा मक्का र मदिनामाथिको हवाई क्षेत्रलाई भने समावेश नगरिएको विवरणमा उल्लेख छ ।

साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ । इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान रद्द तथा स्थगित गरेका छन् ।

इत्तेहाद एयरवेजले अबुधाबीबाट साउदी अरबका रियाद, दमाम र जेद्दाह जाने तथा त्यहाँबाट फर्कने विभिन्न उडान रद्द गरेको जनाएको छ । कम्पनीको वेबसाइटअनुसार अबुधाबी–रियाद रुटका सबै उडान अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्म रद्द गरिएका छन् ।

अबुधाबी–दमाम रुटमा पनि उडान प्रभावित भएका छन् । सोमबारका केही उडान रद्द गरिएका छन् भने मंगलबार र बुधबारका सबै उडान स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कतार एयरवेजले पनि रियाद र दमाम जाने तथा त्यहाँबाट फर्कने उडान अस्थायी रूपमा स्थगित गरेको छ ।

सन् २०१४ देखि द्वन्द्वमा यमन

यमनमा सन् २०१४ देखि द्वन्द्व जारी छ । त्यतिबेला हुथी विद्रोहीले राजधानी सानामाथि कब्जा जमाएका थिए । त्यसपछि यमनको अदनलाई अन्तरिम राजधानी कायम गरिएको छ ।

सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ मा युद्धविराम भएको थियो । त्यसपछि ठूलो स्तरको लडाइँ धेरै हदसम्म रोकिएको थियो । युद्धविरामको औपचारिक अवधि ६ महिनापछि समाप्त भए पनि अनौपचारिक युद्धविराम कायम रह्यो ।

यद्यपि, द्वन्द्वको स्थायी राजनीतिक समाधान निकाल्ने प्रयास सफल हुन सकेको छैन । पछिल्लो मिसाइल आक्रमणले यमन र साउदी अरबबीचको तनाव पुन: बढ्ने जोखिम देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
प्रिसा साहको मृत्युबारे संसद्‍मा गृहमन्त्रीसँग जवाफ माग
प्रिसा साहको मृत्युबारे संसद्‍मा गृहमन्त्रीसँग जवाफ माग
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...