मुसैली पोखरीको बजेट छानबिन गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
११७ पटक हेरिएको
Shares
मुसैली पोखरीको बजेट छानबिन गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र

सारांश

  • सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित मुसैली बड्की पोखरीको सौन्दर्यीकरण तथा निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेपछि काम तत्काल अघि बढाउन र विनियोजित बजेटको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
  • हिन्दू सम्राट नेपाल, सर्लाही जिल्ला कार्यसमितिले पोखरी निर्माणमा भएको ढिलाइ र बजेट खर्चमा अनियमितता भएको आशंकासहित छानबिनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो।
  • समितिले अलपत्र निर्माण कार्य तत्काल सम्पन्न गर्न र आयोजनाका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।

 

२६ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित मुसैली बड्की पोखरीको सौन्दर्यीकरण तथा निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेपछि काम तत्काल अघि बढाउन र विनियोजित बजेटको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

हिन्दू सम्राट नेपाल, सर्लाही जिल्ला कार्यसमितिले पोखरी निर्माणमा भएको ढिलाइ र बजेट खर्चमा अनियमितता भएको आशंकासहित छानबिनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो। समितिले अलपत्र निर्माण कार्य तत्काल सम्पन्न गर्न र आयोजनाका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।

मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत मुसैली बड्की पोखरीको सौन्दर्यीकरणका लागि सात वर्षअघि ७ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको थियो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, संघीय सरकारका तत्कालीन मन्त्री महेन्द्र राय यादव र मधेश प्रदेशसभाका तत्कालीन सदस्य अशोक यादवलगायतको उपस्थितिमा आयोजनाको शिलान्यास गरिएको थियो।

तर, ठूलो बजेट विनियोजन गरी तामझामका साथ शिलान्यास गरिएको आयोजना सात वर्ष बितिसक्दा पनि अधुरै रहेपछि स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।

पोखरीको निर्माण कार्य अघि बढाउन माग गर्दै स्थानीयले सोमबार बिहान पूर्व–पश्चिम हुलाकी राजमार्गमा चक्काजामसमेत गरेका थिए। करिब तीन घण्टा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको थियो।

चक्काजामको नेतृत्व गरेका सर्लाही क्याम्पस, मलंगवाका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजितकुमार यादवले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको बताए। उनले पोखरीको निर्माण तत्काल अघि बढाउन र आयोजनासँग सम्बन्धित निकायलाई जवाफदेही बनाउन माग गरे।

सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम स्वयं घटनास्थलमा पुगेर आन्दोलनरत युवाहरूसँग छलफल गरेका थिए। छलफलपछि युवाहरूले सडक खुलाएका थिए।

स्थानीयले पोखरीको अधुरो निर्माण कार्य शीघ्र सम्पन्न गर्न र विनियोजित बजेटको वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध
मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध
काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो
काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र