न्याय परिषद् बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
७२ पटक हेरिएको
Shares
न्याय परिषद् बैठक आज बस्दै

सारांश

  • प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् ।
  • बैठक आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।
  • सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।

२० असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् ।

बैठक आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।

सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्‍मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?