विगतका सरकारहरुले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन । प्रधानमन्त्री बालेनले पनि मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् ।
बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए । छलफलको सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछिको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदहरूको भूमिका र सरकारसँग सांसदहरूले गर्न सक्ने समन्वयबारे धारणा राख्दै औद्योगिकीकरणमा सरकारले के गर्नुपर्छ भन्नेबारे ठोस आइडिया दिन आग्रह गरेका थिए ।
कुनै नयाँ योजना वा नीति सम्बन्धी आइडिया भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत शाहले दिएका थिए ।
साथै उनले उनले विद्युत् उत्पादनसँगै विद्युत् खपत बढाउने विषयमा सरकारको ध्यान रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार प्रधानमन्त्री आफैं सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।
प्रतिक्रिया