सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १२, २०८१
|
|
४२ पटक हेरिएको
Shares
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता

सारांश

  • नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
  • मंगलबार अपराह्न काठमाडौं ओर्लेका अल थानीले आज बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।
  • वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

१२ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

मंगलबार अपराह्न काठमाडौं ओर्लेका अल थानीले आज बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दुवै देशबीच श्रम, पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता र एमओयू गर्ने तयारी छ । यसअघि अमिरले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए । उनी भोजमा पनि सरिक भएका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् । कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट भएको हालसम्मकै उच्च हो । कतारबाट अहिलेसम्म नेपालमा राष्ट्रप्रमुखको भ्रमण हुन सकेको थिएन । करिब ५ लाख नेपालीलाई रोजगारी दिएको कतारका अमिरको नेपाल भ्रमण उच्च राजनीतिक तहमा मात्र होइन, आम सर्वसाधारणबीच पनि चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै