एनसेलले गत आवमा तिर्‍यो १७.२४ अर्ब कर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
४३१ पटक हेरिएको
Shares
एनसेलले गत आवमा तिर्‍यो १७.२४ अर्ब कर

सारांश

  • सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रअन्तर्गत नेपालमा सबैभन्दा बढी कर तिर्नेमध्येको  एक  कम्पनीका रूपमा एनसेललाई चिनिन्छ।
  • एनसेलले उपलब्ध गराएको विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष सरकारलाई कुल १७ अर्ब २४ करोड ४६ लाख २३ हजार ८ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो।
  • कुल भुक्तानीमध्ये ३.

एनसेलले गत आर्थिक वर्ष २०८२/८३ मा कर तथा विभिन्न शुल्कबापत सरकारलाई १७ अर्ब २४ करोड भुक्तानी गरेको छ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रअन्तर्गत नेपालमा सबैभन्दा बढी कर तिर्नेमध्येको  एक  कम्पनीका रूपमा एनसेललाई चिनिन्छ।

एनसेलले उपलब्ध गराएको विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष सरकारलाई कुल १७ अर्ब २४ करोड ४६ लाख २३ हजार ८ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो। कुल भुक्तानीमध्ये ३.२९ अर्ब रुपैयाँ जीएसएम मोबाइल लाइसेन्स नवीकरण शुल्क किस्ता, २ लाख ७० हजार रुपैयाँ ईन्टरनेट सेवा प्रदायक लाइसेन्स नविकरण शुल्क र १.०१ अर्ब रुपैयाँ भन्सार महसुलबापत भुक्तानी गरेको छ।

त्यस्तै, कम्पनीले १.२९ अर्ब रुपैयाँ रोयल्टी र १.९६ अर्ब रुपैयाँ फ्रिक्वेन्सी शुल्कबापत सरकारलाई तिरेको छ। बिक्रीमा लाग्ने मूल्य अभिवृद्धि कर बापत २.६३ अर्ब रुपैयाँ तथा स्रोतमा कर कट्टी बापत ९८.८५ करोड  रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, एनसेलले ग्रामीण दूरसञ्चार विकास कोषमा ६४.९६ करोड  रुपैयाँ योगदान गरेको छ।

सरकारको नीतिअनुसार, दूरसञ्चार विकास कोषमा संकलित रकम डिजिटल कनेक्टिभिटी विस्तार, दूरसञ्चार पूर्वाधार सुदृढीकरण तथा सहरी र ग्रामीण समुदायबीचको डिजिटल विभाजन कम गर्न प्रयोग गर्ने उद्देश्य राखिएको छ।

गत वर्ष वैशाखमा  नेपाल सरकारले कर भुक्तानीका आधारमा देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको थियो । एनसेल हरेक वर्ष धेरै कर तिर्ने ठूला करदाता कम्पनीको सूचीमा रहेको छ ।

एनसेलले स्थापनाकालदेखि गत आव २०८२/८३ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा झण्डै ३ खर्ब ७५ अर्ब  कर तथा शुल्क तिरेको कम्पनीले जनाएको छ । एनसेलले एनसेल फाउन्डेसनमार्फत पनि सामाजिक कार्य गर्दै आएको छ। कम्पनीले हालसम्म २ अर्बभन्दा बढी संस्थागत व्यवसायिक जिम्मेवारी अर्थात् सीएसआरमा खर्च गरिसकेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो