डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
१११ पटक हेरिएको
Shares
डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ ।
  • नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।
  • नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।

 

६ असोज, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो । नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।.

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो । डेटा सेन्टरको समस्या कायम रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो । एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारीसँगै आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?