भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो, १०, ४५१ को उद्धार
सारांश
- रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो ।
- यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ ।
१५ भदौ, काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । १० हजार ४५१ जनाको उद्धार भएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ खटिएका छन् ।


प्रतिक्रिया