तिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१२० पटक हेरिएको
Shares
तिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली

सारांश

  • प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ ।
  •   अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।
  • रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ ।

 

१४ भदौ, काठमाडौं ।

प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ ।  अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् । रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ ।

घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ ।  उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन् । प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?