बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ।
  • उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिएको जानकारी अनुसार, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले उक्त पैसा राख्ने सेफ बगाएर ल्याएको थियो।

 

१३ भदौ, काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिएको जानकारी अनुसार, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले उक्त पैसा राख्ने सेफ बगाएर ल्याएको थियो। उक्त सेफ धादिङको गल्छी गाउँपालिका वडा नं. ४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा फेला परेको थियो।

स्थानीय मानिसहरूले उक्त सेफ तोडफोड गरी नगद पैसा निकालेर चोरी गरेका थिए। यस घटनाको बारे शुक्रबार खबर प्राप्त भएसँगै खबर प्राप्त भएसँगै तत्काल परिचालन भई छानबिन गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जना मानिसहरूलाई नियन्त्रणमा लिई खानतलासी गरिएको धादिङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पक्राउ पर्नेहरूमा अधिकांश धादिङको गल्छी गाउँपालिका वडा नं. ४ र ६ का बासिन्दा रहेका छन्। यसका अतिरिक्त सिद्धलेक गाउँपालिका, तथा चितवन र पर्सा जिल्ला घर भई हाल गल्छीको आदमघाटमा बस्दै आएका व्यक्तिहरू पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ। साथै, नियन्त्रणमा लिइएका व्यक्तिहरू र बरामद नगदको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ