गरिमालाई न्यायको माग गर्दै सिडिओमार्फत ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
८ पटक हेरिएको
Shares
गरिमालाई न्यायको माग गर्दै सिडिओमार्फत ज्ञापनपत्र

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मलंगवा नगर समितिले बारामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।
  • रास्वपा मलंगवा नगर समिति तथा नगरअन्तर्गतका वडा सभापतिहरूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाइएको ज्ञापनपत्रमा उक्त घटनालाई जघन्य, अमानवीय तथा मानवताविरुद्धको अपराधको संज्ञा दिँदै घोर भर्त्सना गरिएको छ।
  • ज्ञापनपत्रमार्फत घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धानका आधारमा कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

५ भदौ, सर्लाही।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मलंगवा नगर समितिले बारामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ। रास्वपा मलंगवा नगर समिति तथा नगरअन्तर्गतका वडा सभापतिहरूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाइएको ज्ञापनपत्रमा उक्त घटनालाई जघन्य, अमानवीय तथा मानवताविरुद्धको अपराधको संज्ञा दिँदै घोर भर्त्सना गरिएको छ।

ज्ञापनपत्रमार्फत घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धानका आधारमा कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। त्यसैगरी, पछिल्लो समय सर्लाहीमा भइरहेका विभिन्न समसामयिक घटनालाई दृष्टिगत गर्दै जिल्लाको शान्ति–सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन र प्रशासनिक निगरानी सुदृढ गर्न प्रशासनको ध्यानाकर्षण गराइएको रास्वपा मलंगवा नगर समितिका सभापति रिसेन रायले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए सरकारी कर्मचारी
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए सरकारी कर्मचारी
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान