किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
३६ पटक हेरिएको
Shares
किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

सारांश

  • जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
  • प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो।
  • यसअघि अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

काठमाडौं ।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो।

प्रहरीको मागअनुसार अदालतले श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यसैबीच, श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ। श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार
नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल