सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
  • आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

 

२७ साउन,  काठमाडौँ ।

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९२.९४ अमेरिकी डलर र चाँदी ६५.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?