आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

सारांश

  • वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा.
  • राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
  • उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो ।

२७ साउन, जनकपुर ।

वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा. विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गरिएको छ । डा. विमलको निधनले समग्र जनकपुरधामवासी मर्माहत भएको तथा उनको महाप्रस्थानले जनकपुरधामको साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ । उनलाई साहित्य क्षेत्रको अभिभावकका रूपमा स्मरण गर्दै जनकपुरधाम उपमहानगरपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ । डा. विमलको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनले मैथिली तथा नेपाली साहित्यको क्षेत्रमा गहिरो शोक छाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति