रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
९९ पटक हेरिएको
Shares
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
  • सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताएका हुन् ।
  • उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।

 

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताएका हुन् । उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।

उनले भने, ‘यतिखेर रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्। सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन ।’ उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनले उल्लेख गरे । ‘उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ,’ उनले भने, ‘हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ ।’ नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले त्यसका लागि समयमै पूर्वतयारी आवश्यक हुने उनले बताए ।

उनले भने, ‘मेरो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ ।’ आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको उनले दाबी गरे । उनले सरकारले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिए । आगामी वर्षका लागि समेत समयमै तयारी गर्न र मलको कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ