पाँच वटा संसदीय समितिकोे बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
२०६ पटक हेरिएको
Shares
पाँच वटा संसदीय समितिकोे बैठक बस्दै

सारांश

  • पाँच वटा संसदीय समितिकोे बैठक आज बस्ने भएको छ ।
  •   मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
  •   बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ ।

१९ साउन,  काठमाडौं ।

पाँच वटा संसदीय समितिकोे बैठक आज बस्ने भएको छ ।  मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।  बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १० बजे बस्ने भएको छ । बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी, बिहान ११ बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल गरिनेछ भने कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ ।  यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन