गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ८, २०८१
|
|
७२ पटक हेरिएको
Shares
गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति

सारांश

  • गुल्मी वितरण केन्द्रअन्तर्गत विरबास सब स्टेशनमा आगलागी भएको छ ।
  • शुक्रबार साँझ गुल्मी दरबार गाउँपालिका- ४ बिरबासको एक सामुदायिक वनमा आगलागी भएको थियो।
  • तर, सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भइ विद्युतको सब स्टेसनसम्म पुग्दा  करोडौंको क्षति भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ।

८ वैशाख, गुल्मी । गुल्मी वितरण केन्द्रअन्तर्गत विरबास सब स्टेशनमा आगलागी भएको छ ।

शुक्रबार साँझ गुल्मी दरबार गाउँपालिका- ४ बिरबासको एक सामुदायिक वनमा आगलागी भएको थियो। तर, सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भइ विद्युतको सब स्टेसनसम्म पुग्दा  करोडौंको क्षति भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ।

रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा  रहेका तारहरु जलेर नष्ट भएको र जसमा करोड माथिको क्षति भएको अनुमान गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयसहित दमकल पुगेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए।

एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ। पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा स्थानीयले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला,पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको डीएसपी पोखरेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
नेपाल प्रहरीका चार जना एसपीको एसएसपीमा बढुवा
नेपाल प्रहरीका चार जना एसपीको एसएसपीमा बढुवा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
विनोद भण्डारीले बनाए अर्धशतक
विनोद भण्डारीले बनाए अर्धशतक
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ