सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा लागु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
१७० पटक हेरिएको
Shares
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा लागु

सारांश

  •   सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ।
  • प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो।
  • यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो।

१६ साउन, काठमाडौं। 

सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो। यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो।

कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ। निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागु रहने छ। अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना निषेध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो