पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद
सारांश
- पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ ।
- छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो ।
- लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।
१० साउन, काठमाडौं ।
पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो । लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया