न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
१६९ पटक हेरिएको
Shares
न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा

सारांश

  • न्याय माग्दा निहारिका राजपुत र बिनु यादवमाथि मुद्दा दायर भएको छ ।
  •  न्याय माग्दै सिंहदरबारको गेट अगाडि पुगेका उनीहरू उल्टै अहिले मुद्दा खेप्नु पर्ने अवस्थामा पुगेका हुन् ।
  • तीन दिनदेखि अहिले उनीहरू दुवैजना प्रहरी हिरासतमा छन् ।

८ साउन, काठमाडौं ।

न्याय माग्दा निहारिका राजपुत र बिनु यादवमाथि मुद्दा दायर भएको छ । न्याय माग्दै सिंहदरबारको गेट अगाडि पुगेका उनीहरू उल्टै अहिले मुद्दा खेप्नु पर्ने अवस्थामा पुगेका हुन् । तीन दिनदेखि अहिले उनीहरू दुवैजना प्रहरी हिरासतमा छन् । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो । उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए ।

आवत जावत नै अवरुद्ध हुने गरी सडकमा धर्ना बसेको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको भन्दै उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको हो । निहारिका कुमारी आमाको रुपमा चर्चामा आएकी थिइन् । निहारिकालाई शिवराज श्रेष्ठले विवाह गर्ने भन्दै पटक पटक करणी गरेको र पछि विवाह नगरी अलपत्र छाडेका थिए । यता अविवाहित रहेकी निहारिकाले भने छोरा जन्माएकी थिइन् । त्यसपछि कुमारी आमा भनेर उनी चिनिदै आएकी थिइन् । आफू बलात्कार भएका भन्दै कानूनी उपचार खोज्दा प्रशासनले असहयोग गरेको उनले बताउँदै आएकी थिइन् । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।

उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुन: जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् । शिवराज र आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग निहारिकाको थियो । १८ कात्तिक २०७९ मा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको बच्चाको डीएनए जाँच श्रेष्ठबाट निकालिएको डीएनएनको नमूनासँग मेल खायो । त्यसपछि निहारिका र शिवराजबीच मिलापत्र भयो । शिवराजले निहारिकालाई विवाह गरे । तर पछि भने उनलाई श्रीमतीको रुपमा व्यवहार गरिएन । घर परिवारबाट पनि बुहारीको रुपमा व्यवहार नगर्ने र घरेलु हिंसा भएको भन्दै छोरा लिएर न्याय माग्दै सडकमा आएकी छिन् । यता बिनु यादवको पनि कथा उस्तै छ । रामेछापका प्रदीप कडायतले आफूलाई श्रीमतीको रुपमा व्यवहार नगरेको घर परिवारबाट पनि हिंसा भएको आरोप छ ।

आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख २०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन । बलात्कारको उजुरीपछि २५ मंसिर २०७६ मा भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भएको थियो । त्यसपछि रामेछापस्थित श्रीमानको घर गएपछि उनीमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ । जबरजस्ती गर्भपतनसमेत गर्न लगाएको उनको भनाई छ । ७ असोज २०७७ मा बिनुविरुद्ध श्रीमान् प्रदीपले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरे । ७ वैशाख २०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला ग‍र्‍यो । आफूलाई जानकारी नै नदिइ एक पक्षीय रुपमा फैसला गरेको भन्दै उनी उच्च्च अदालत पुग्नि । उच्च अदालतले जिल्लाको फैसला उल्ट्यायो । यता यो फैसलाविरुद्ध प्रदीप भने सर्वोच्च अदालत गएका छन् । अहिले यो मुद्दा बिचाराधीन अवस्थामै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका