सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च
सारांश
- सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ ।
- अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.
- ७० अंक (१.
४ साउन, काठमाडौं ।
सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको छ । आजको यो अंक एक महिनाकै उच्चतम हो । जेठ २९ गते २७२४ अंकमा रहेको नेप्से त्यसयताकै उच्चतम अंक सोमबार छोएको छ । दिनभरजसो बजार हरियो रह्यो । बन्द हुँदाको नेप्सेको अंक कारोबार अवधिभरको उच्चतम अंक पनि हो । यो सहित लगातार पाँचौं दिन बजार बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । आज २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ५ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.८१, जलविद्युत् २.७९, बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशत बढे ।



प्रतिक्रिया