सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१२६ पटक हेरिएको
Shares
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

सारांश

  • सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
  • सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।
  • जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ ।

१ साउन, काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।

जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । समयमै विवरण नबुझाउने उपर कानुन बमोजिम कारबाही हुने प्रावधान समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?