१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार

सारांश

  • अघिल्लो दिन ६.
  • ११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ ।
  • सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ ।

३१ असार, काठमाडौं ।

अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो । अघिल्लो दिन ऋणपत्रको मात्रै ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज यो रकम १ अर्ब ३२ करोडमा खुम्चियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो । अघिल्लो दिनको कारोबार रकम वैशाख ३ यताकै उच्च थियो । आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढे । लगानी ०.४६ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.४० तथा थ्रीस्टार हाइड्रोपावरको ६.२१, सागर डिस्टिलरीको ६.०३, भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको मूल्य ७.३२ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ३.०६, तथा आत्मनिर्भर लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?