होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
२४६ पटक हेरिएको
Shares
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् ।
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।
  •    प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गरे ।

३१ असार, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।   प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराए । हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताए । छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु
मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो