बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
१२२ पटक हेरिएको
Shares
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

सारांश

  • काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।
  • शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।
  • राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए ।

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।

शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ ।

उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं । उनको हाल वीर अस्पतालमा उपचार जारी छ ।’

उनका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ